काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । यही पुस २५ गते बस्ने भनिएको केन्द्रीय समिति बैठक आगामी माघ ८ गतेसम्मका लागि स्थगित गरिएको हो ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार कार्यालयका कर्मचारीहरु र केही केन्द्रीय सदस्यहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएकाले बैठक स्थगित भएको हो ।कोरोना संक्रमणको जोखिम बढेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष भेटघाटसमेत बन्द गरिसकेका छन् ।
हालै काठमाडौंमा सम्पन्न पार्टीको आठौं राष्ट्रिय महाधिवेशनले माओवादी केन्द्रको २९९ सदस्यीय केन्द्रीय समितिमा २३६ जनामात्र चयन गरेको थियो । त्यसपछि पुस २० गते बसेको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले पार्टीको अध्यक्ष पदमा पुष्पकमल दाहाल प्रचण्डलाई निर्विरोध चयन गरेपनि अन्य पदाधिकारी भने चयन नगरी स्थगित भएको थियो ।
माओवादी विधानअनुसार अब वरिष्ठ उपाध्यक्षसहित ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष चयन गर्न बाँकी छ । पदाधिकारी चयनमा पार्टीभित्र नेताहरूबीच दौडधुप चलिरहेको छ । महासचिवमा बर्षमान पुन, जनार्दन शर्मा र देव गुरुङ दाबेदारको रुपमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ पुस २०७८, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै