विद्युत प्राधिकरणको सूचना : चितवनमा शनिबार (भोली) ६ घंटा विद्युत लाईन अवरुद्ध हुने

सफल खबर संवाददाता

शुक्रबार, २३ पुस २०७८, १० : २०
विद्युत प्राधिकरणको सूचना : चितवनमा शनिबार (भोली) ६ घंटा विद्युत लाईन अवरुद्ध हुने

भरतपुर । नेपाल विद्युत प्राधिकरण भरतपुरले भोली पुस २४ गते शनिबार चितवनमा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म विद्युत् लाइन अवरुद्ध हुने जनाएको छ ।

जिल्लामा भईरहेको विकास निर्माणको कार्यलाई तिब्रता दिन भोली ६ घंटा लाईन अवरुद्ध हुने जनाएको छ । गोन्द्राङदेखि जिल्ला प्रशासन चोकसम्मको निर्माणाधीन छ लेन सडकको पुरानो ३३ केभी लाइन नयाँ निर्मित ३३ केभीमा सार्ने कामका लागि चनौली र पर्सा ३३ केभी लाइन सटडाउन हुन लागेको हो ।

प्राधिकरणले जारी गरेको सूचना अनुसार नेपाल विद्युत् प्राधिकरण चनौली ३३र११ केभी सबस्टेसन, पर्सा ३३र११ केभी सबस्टेसन, माडी वसन्तपुर ३३र११ केभी सबस्टेसनबाट विद्युत् वितरण हुने स्थानहरुमा लाइन अवरुद्ध हुने छ । यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमाप्रार्थी समेत जनाएको छ ।