१४ जिल्लाका सिडिओ र सहायक सिडिओको जिम्मेवारी हेरफेर

पत्रपत्रिकाबाट

शुक्रबार, २३ पुस २०७८, ०८ : २७
१४ जिल्लाका सिडिओ र सहायक सिडिओको जिम्मेवारी हेरफेर

काठमाडौं । गृह मन्त्रालयले मन्त्रालय मातहत रहेका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ। गृहले सहसचिव छविलाल रिजाललाई सुर्खेतबाट झापामा, सहसचिव खगेन्द्रप्रसाद रिजाललाई कैलालीबाट सुर्खेतमा र सहसचिव रमेशप्रसाद ढकाललाई गृहबाट बाग्लुङ सिडिओ बनाएर पठाएको छ।

त्यस्तै सरुवा भएका उपसचिवमा माधव ढुंगेललाई गृहबाट इलाममा, बाबुराम अर्याललाई मकवानपुरको सहायक सीडिओबाट बझाङमा , परमानन्द घिमिरेलाई गृहबाट पश्चिम रुकुममा,  बुटवल ईलाका प्रशासन कार्यलयमा रहेका उपेन्द्रराज पौडेललाई बाजुरामा, बांकेका सहायक सीडिओ सिद्धराज उपाध्यायलाई दार्चुलामा र गृहमा रहेका दिलकुमार तामाङलाई ओखलढुंगामा सिडिओ बनाएर पठाएको छ।

त्यस्तै इलाममा रहेका ध्रुवबहादुर खड्कालाई गृहमा, रुकुम पश्चिममा रहेका बद्रीनाथ गैरलाई मकवानपुरको सहायक सिडिओमा, बाजुरामा रहेका गोपाल अधिकारीलाई गृहमा, दार्चुलामा रहेका सिद्धराज जोशीलाई गृहमा, ओखढुंगामा रहेका बन्दना राईलाई गृहमा सरुवा गरिएको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस