काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको जानकारी दिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको दरभाउ तोक्दै सुनको मूल्य उकालो लागेको जानकारी दिएको हो ।
यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ थियो ।
यसैगरी, चाँदीको मूल्य पनि उकालो लागेको छ । आज महासंघले चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १२ सय ६० रुपैयाँ पुगेको बताएको छ । हिजो मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ पुस २०७८, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तोलामा २ हजार ७ सय रुपैयाँले बढ्यो सुन
तोलामा २२ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ तोलामा २५ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य तोलामा १४ हजार ६०० रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?