काठमाडौँ । सिरहाका कांग्रेस सभापति रामचन्द्र यादवलाई धम्की दिएपछि छानबिनमा परेका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरेको छ । छानबिनमा परेका एसपी पाण्डेलाई प्रहरी प्रधान कार्यालयले मंगलबार बेलुका निलम्बन गरिएको हो ।
प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले व्यावसायिक आचरणविपरीत गतिविधि गरेको आरोपमा अनुसन्धानका लागि पाण्डेलाई तीन महिना निलम्बन गरिएको बताए । पाण्डेलाई प्रहरी मुख्यालय तानेर अर्का एसपी अर्जुन तिमल्सिनालाई सिरहा प्रहरी प्रमुखका रूपमा खटाइएको छ ।
कांग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले सरुवाको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख एसपी हिराबहादुर पाण्डेले आफूलाई गोली हान्ने धम्की दिएको दाबी गरेका थिए ।
यादवले विज्ञप्ति जारी गर्दै मादक पदार्थ सेवन गरी आइतबार राति १ः२५ बजे तत्कालीन एसपी पाण्डे धनगढीमाई नगरपालिका–९ जिरोमाइलस्थित घरमै आएर अपशब्द, गालीगलौज गरी गोली हान्ने धम्की दिएको बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ पुस २०७८, १० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२ जिल्लामा एसपी हेरफेरः धनुषामा कुँवर, रौतहटमा कार्की
प्रहरी परिसर काठमाडौँमा दुई जना एसपी राख्ने निर्णय
प्रहरीमा ३७ जना एसपीमा बढुवा सिफारिस, कोको परे? (सूचीसहित)
सशस्त्रका चार एसपी हेडक्वार्टर तानिए