काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले राष्ट्रिय सभा सदस्य उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उम्मेदवारहरूको टुंगो लगाएका हुन् । माओवादीले पाँच जना उम्मेदवार उठाउने भएको छ ।
माओवादी केन्द्रीय समितिको सोमबार बसेको बैठकले उम्मेदवारहरू टुंगो लगाउन अध्यक्ष प्रचण्डलाई अधिकार दिएको थियो । सत्तारूढ गठबन्धनले रिक्त १९ सिटमा भागबन्डा गरेर उम्मेदवार उठाउने सहमति गरेका थिए ।
गण्डकीको अन्यमा सुरेश आले मगर, दलिततर्फ गोरखाका भरत सुनार, अपांगतर्फ सुर्खेतका नरबहादुर विष्ट, प्रदेश नम्बर २ महिलामा उर्मिला अर्याल र सुदूरपश्चिम प्रदेश दलिततर्फ जगत पार्कीलाई उम्मेदवार बनाउने माओवादीले निर्णय गरेको छ ।
उम्मेदवारहरूले आज १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नुपर्ने हुन्छ । राष्ट्रिय सभा सदस्य निर्वाचन भने माघ १२ मा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० पुस २०७८, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीको प्रष्टीकरण-‘विद्यालाई नारायणकाजीले भेटेकोबारे पार्टीलाई जानकारी छैन’
कलाकार बाबा पाख्रिनसहित सयौँ जना माओवादीमा प्रवेश
माओवादीद्वारा विपद् व्यवस्थापनमा जुट्न चार बुँदे निर्देशन
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’: माओवादी केन्द्र
सभापतिदेखि सबैमाथि छानबिन गरियोस् : हितराज पाण्डे
पार्टीका आन्दोलनमा विचलन आयो, पदका निम्ति तँछाडमछाड छ : प्रचण्ड