काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वातै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।
घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत सोमबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ र चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै, यता तेजाबी सुनको मूल्य समेत आज तोलामा ९०० रुपैयाँले नै घट्दै ९१ हजार ७०० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० पुस २०७८, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?
घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो