काठमाडौँ । राष्ट्रियसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले आफ्ना उम्मेदवारको नाम टुंग्याएको छ । उम्मेदवारको नाम चयनको जिम्मा पाएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान उम्मेदवारको टुंगो लगाएका हुन् ।
सोमबार माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रियसभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।
माओवादी केन्द्रले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपांगरअल्पसंख्यक) र सुदूरपश्चिममा जगत पार्की (दलित) लाई उम्मेदवार बनाउने भएको हो ।
राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि आउँदो माघ १२ गते चुनाव हुँदैछ । त्यसका लागि मंगलबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० पुस २०७८, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीको प्रष्टीकरण-‘विद्यालाई नारायणकाजीले भेटेकोबारे पार्टीलाई जानकारी छैन’
कलाकार बाबा पाख्रिनसहित सयौँ जना माओवादीमा प्रवेश
माओवादीद्वारा विपद् व्यवस्थापनमा जुट्न चार बुँदे निर्देशन
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’: माओवादी केन्द्र
सभापतिदेखि सबैमाथि छानबिन गरियोस् : हितराज पाण्डे
पार्टीका आन्दोलनमा विचलन आयो, पदका निम्ति तँछाडमछाड छ : प्रचण्ड