काठमाडौं । एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगाएको छ । आगामी १२ माघमा हुन लागेको निर्वाचनका लागि एमालेले सोमबार पार्टीका उम्मेदवारको नाम टुंगो लगाएको हो ।
आगामी २० फागुनमा रिक्त हुन लागेका १९ राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश १ बाट देवराज घिमिरे (खुला), सुमित्रा भण्डारी (महिला) र सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ ।
यस्तै, प्रदेश २ मा असर्फी भिनवार यादव (खुला) र विना साह (महिला), बाग्मतीमा गोपाल शाक्य (खुला) र निरकुमारी कुँवर (महिला), गण्डकीमा गोविन्दबहादुर नेपाली (दलित), लीला पोखरेल (महिला), पुण्यप्रसाद पौडेल (खुला) तर्फको उम्मेदवार बनेका छन् ।
यसैगरी, लुम्बिनी प्रदेशमा कृष्णबहादुर सुनार (दलित), भारती खनाल (महिला) र रामदयाल गुप्ता (खुला), कर्णालीमा पदमबहादुर माझी (अल्पसंख्यक), गंगा थापा महत (महिला) र चुडामणि शर्मा (खुला) तथा सुदूरपश्चिम प्रदेशबाट नरेश बिक (दलित), सन्तोषकुमारी शर्मा थापा (महिला) र डिल्लीराज विष्ट (खुला) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।राष्ट्रिय सभा निर्वाचनका लागि २० पुसमा उम्मेदवारी दर्ताकाे समय ताेकिएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ पुस २०७८, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले केन्द्रीय विभागहरूको संयुक्त भेला आज
विधान महाधिवेशनको तयारीमा एमाले: आज जनसंगठनका पदाधिकारीहरूको भेला
सोबिताको अभिव्यक्ति रेकर्डबाट हटाउन एमालेको माग
आलमलाई सफाइ दिने न्यायाधीशलाई महाअभियोग लगाउनुपर्छ : एमाले
नेतृत्व गर्न सक्रियता चाहिन्छ: ईश्वर पोखरेल
एमालेको राजनीतिमा सक्रिय भएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा (पूर्णपाठ)