एजेन्सी । अमेरिकाले रुसले आफ्ना समर्थकमाथि आक्रमण गरे निर्णायक रूपमा त्यसको जवाफ दिने चेतावनी दिएको छ । युक्रेनसँग रुसको सीमामा तनाव बढ्दै गएपछि अमेरिकाले यस्तो चेतावनी दिएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार आफ्ना युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीसँग भएको टेलिफोन वार्तामा यस्तो चेतावनी दिएको ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
राष्ट्रपति बाइडेनले रुसले युक्रेनमा थप आक्रमण गरेमा अमेरिका र साझेदारहरूले निर्णायक प्रतिक्रिया दिने स्पष्ट पार्नुभएको हो । ह्वाइट हाउसका अनुसार बाइडेन र जेलेन्स्कीले संकटलाई सम्बोधन गर्न आगामी कूटनीतिक बैठक आह्वानको तयारीबारे छलफल गरेका छन् ।
टेलिफोन कुराकानीपछि जेलेन्स्कीले ट्वीट गर्दै यस्ता किसिमको कुराकानीले दुई देशको सम्बन्धको ‘विशेष प्रकृति’ प्रमाणित गर्ने प्रतिक्रिया दिएका छन् । उच्च पदस्थ अमेरिकी र रुसी अधिकारीहरूले जनवरी ९ र १० मा जेनेभामा रुस र यूक्रेनबीच जारी संकटको बारेमा छलफल गर्नका लागि बैठक गर्दैछन् । रुस–नाटो परिषद्को वार्ता र युरोपमा सुरक्षा र सहयोग संगठनको बैठक पनि हुने भएको छ ।
अमेरिकी राष्ट्रपति बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती बैठकहरू अघि संकट समाधानका लागि कदम चाल्नु पर्नेमा जोड दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १९ पुस २०७८, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका-इजरायल-इरान द्वन्द्व अन्त्यको माग गर्दै काठमाडौँमा शान्ति प्रदर्शन
अमेरिकी टोली फर्केलगत्तै चिनियाँ टोलीको प्रवेश
आफ्ना नागरिकलाई अमेरिकाले भन्यो- तुरुन्तै इराक छोड्नू
इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने
सम्झौताविना टुंगियो अमेरिका–इरान वार्ता
अमेरिकाले क्यारेबियन क्षेत्रमा गरेको डुंगा आक्रमणमा तीन जनाको मृत्यु