गाँउभरि सिटामोलको अभाव, समस्यामा बिरामी

पत्रपत्रिकाबाट

सोमबार, १९ पुस २०७८, ०७ : ५२
गाँउभरि सिटामोलको अभाव, समस्यामा बिरामी

काठमाडौं । अत्यावश्यक औषधिमध्येको सिटामोल यतिबेला हुम्लाको सर्केगाड गाउँपालिका–४ स्थित साया स्वास्थ्य चौकीमा पाइँदैन। सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा पर्दै आएका छन्। साया स्वास्थ्य चौकीमा बिरामी उपचारका लागि जाँदा सामान्य सिटामोलसमेत नपाउने गरेको गुनासो आउन थालेको छ। मौसमी ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र वृद्धवृद्धालाई बढी समस्या बनाएको स्थानीयको भनाइ छ।

स्वास्थ्य चौकीमा औषधि पाइन छाडेपछि सर्केगाडका सर्वसाधारण्लाई सास्ती खेप्नुपरेको स्वास्थ्यकर्मीले बताएका छन्। कोरोना भाइरस सङ्क्रमण ९कोभिड १९० का विरामीका लागि पनि अत्यावश्यक औषधि मानिने सिटामोलको अभाव देखिएको छ भने ज्वरोका बिरामीहरू औषधि नपाएर घर फर्किनुपरेको अवस्था आइपरेको स्वास्थ्यकर्मीको भनाइ छ। स्वास्थ्य चौकीमा उपचार तथा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भन्दै फिर्ता पठाउने गरेका छन्। सो स्वास्थ्य चौकीमा दैनिक १५ देखि २० जनासम्म बिरामी उपचार गर्न जाने गरेको बताइएको छ।  

पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण सो स्वास्थ्य संस्थामा ज्वरोका बिरामी बढेका छन्। ‘केही औषधि पसलहरूले समेत सिटामोल आफ्नो नजिकको ग्राहकलाई दिन स्टक गरी राख्दा उपलब्धतामा थप समस्या देखिएको हो,’ स्वास्थ्य चौकीका अनमी बिजौरा शाहीले भनिन्। व्यवस्थापनमा सरकारी निकायका कमजारीले देशभर जीवनरक्षक औषधि अभाव रहेको आरोप स्थानीयवासीको छ। ‘गाउँभरि सिटामोलको अभाव छ,’ उनले भनिन्, ‘स्वास्थ्य चौकीमा समेत सिटामोल छैन।’ नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस