काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँ कायम भएकोमा आज सात सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार चार सय रुपैयाँ कायम भएको हो ।
आज तेजाबी सुन प्रतितोला ९२ हजार नौ सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ । आइतबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ ।
आज चाँदीको मूल्य प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको महसंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ पुस २०७८, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोलाको २ लाख ६१ हजार ७ सय
सुनको भाउ सामान्य घट्यो, चाँदीको भाउ अहिले सम्मकै उच्च, कतिमा हुदैछ कारोबार ?
तोलामा २ हजार घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको मुल्य हालसम्मकै महँगो, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ घट्यो, चाँदीको बढ्यो : कतिमा हुदैछ कारोबार ?
सुनसंगै चाँदीको मुल्य पनि आकसियो, कतिमा हुदैछ कारोबार ?