कोरोना अपडेट : थपिए २३५ संक्रमित, ४ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १६ पुस २०७८, १५ : ४९
कोरोना अपडेट : थपिए २३५ संक्रमित, ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ८८५ पीसीआर र १ हजार १९९एन्टिजेन परीक्षण गर्दा २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु छ । हालसम्म देशभर कोरोनाबाट ११ हजार ५ सय ९४जनाको मृत्यु भएको छ । बिहीबार २१२ जना संक्रमणमुक्त भएका छन् ।हाल देशभर ४ हजार ८७९ सक्रिय संक्रमित रहेका छन् ।