काठमाडौं । मन्त्रिपरिषद बैठकले निर्वाचन आयोगसम्बन्धी विद्येयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकको निर्णयबारे सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार पत्रकार सम्मेलन गरे जानकारी दिएका हुन्।
मन्त्रिपरिषद्का निर्णयहरु-
– कृषि तथा पशुपक्षी विकास मन्त्रालयका नेपाल कृषि सेवा वरिष्ठ माटो विज्ञ डा. गंगादत्त आचार्यलाई सार्क एग्रिकल्चर सेन्टर ढाकामा सिनियर प्रोग्राम स्पेसलिष्ट प्रोग्राममा काम गर्न काजमा खटाउने
– निर्वाचन आयोगसम्बन्धी विद्येयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने
– सुर्खेत जिल्लाको साविक लेकफर्सा काफलकोट लेखपराजुल गाविसहरूको जग्गा प्रशासनसम्बन्धी काम मालपोत तथा नापी कार्यालय मेहलकुना सुर्खेतलाई हस्तान्तरण गरी सेवा सञ्चालन गर्न स्वीकृति दिने
– नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा मिति २०७८ पुस १८ देखि ३० गतेसम्म घरविदामा रहने भएकाले बलाधिकृत रथी बालकृष्ण कार्कीलाई नेपाली सेनाको कायममुकायम भई प्रधान सेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न राष्ट्रपति समक्ष सिफारिस गर्ने
– टाकटोर-लामाजुरा सडकखण्डको ट्रयाक खोल्न सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर २ मा रहेको राष्ट्रिय वन क्षेत्रभित्रका २.५७ हेक्टर क्षेत्रफल प्रयोग गर्न स्वीकृत गर्ने
– आदिकवी भानुभक्त जन्मस्थल विकास समितिको अध्यक्ष पदमा भानु ४ तनहुँ निवासी राम पन्त र कार्यकारी पदमा सोही स्थान निवासी शंकर रानाभाटलाई नियुक्त गर्ने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ पुस २०७८, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
नेपाल प्रहरीका ८ जना एआईजीको सरुवा
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय
वैशाख महिनामा बसेको मन्त्रिपरिषद् बैठकका १०६ निर्णय सार्वजनिक