बालकृष्ण कार्कीलाई कायमकुकायम प्रधानसेनापतिको जिम्मेवारी

सफल खबर संवाददाता

शुक्रबार, १६ पुस २०७८, १३ : ५६
बालकृष्ण कार्कीलाई कायमकुकायम प्रधानसेनापतिको जिम्मेवारी

काठमाडौं । सरकारले नेपाली सेनाका बालधिकृत रथी बालकृष्ण कार्कीलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति प्रभुराम शर्मा पुस १८ देखि ३० गतेसम्म घरबिदामा बस्ने भएकाले कार्कीलाई कायमुकायम प्रधानसेनापति तोक्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

राष्ट्रपतिले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोकेपछि कार्कीले कार्यभार सम्हाल्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस