काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपीको मेलमिलाप नीतिले राजनीतिक दलहरुलाई राष्ट्रियता र लोकतन्त्रको संरक्षण र सम्बर्धनका लागि सहमति र सहकार्यका साथ अगाडि बढ्न प्रेरणा दिने बताएका छन ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री समेत रहेका सभापति देउवाले सबैमा शुभकामना व्यक्त गरेका हुन।‘नेपालको लोकतान्त्रिक आन्दोलनमा वीपी कोइरालाले प्रतिपादन गर्नु भएको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको ठूलो महत्व छ,’ जारी विज्ञप्तिमा भनिएको छ ‘यो दिनले हामी सबैलाई सधै देशभक्ति र लोकतन्त्रप्रति प्रतिवद्धताका लागि प्रेरणा दिइरहेको छ । राष्ट्रियता र लोकतन्त्रप्रति समर्पित सबै राष्ट्रिय शक्तिबीच मेलमिलाप, सम्वाद, सहमति र सहकार्य सदैव आवश्यकता हुन्छ ।’
‘नेपाली कांग्रेसको राष्ट्रिय एकता तथा मेलमिलापको नीति आज पनि त्यत्तिकै सान्दर्भिक र औचित्वपूर्ण छ’ विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ पुस २०७८, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशको समृद्धिमा लगाउन देउवाको आग्रह
बजेटमा श्रमिकलाई अधिकार सम्पन्न बनाउनुपर्छ : शेरबहादुर देउवा
कांग्रेसले नै पहिलोपल्ट सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाको नीति लिएको थियो : सभापति देउवा
गठबन्धन जसरी पनि टिक्छ, केही भएको छैन: देउवा
स्वदेश फर्किंदै देउवा दम्पती
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन