आइएमई पेबाट चन्द्रागिरिको टिकट बुकिङ्ग गर्नेलाइ  ३०% क्यास ब्याक

सफल खबर संवाददाता

शुक्रबार, १६ पुस २०७८, १२ : ४९
आइएमई पेबाट चन्द्रागिरिको टिकट बुकिङ्ग गर्नेलाइ  ३०% क्यास ब्याक

काठमाडौँ । आइएमई पे’ ले जाडो मौसमलाई लक्षित गरी आइएमई पे मोबाइल वालेट मार्फत चन्द्रागिरि टिकट बुकिङ्गमा फ्ल्याट ३०% क्यास ब्याकको अफर सार्वजनिक गरेको छ ।

सोही अफर चन्द्रागिरि टिकटहरूमा मात्र मान्य हुनेछ । क्यासब्याकको अवधि १२/२९/२०२१ देखि ०१/०१/२०२२ सम्म रहेको छ । र सोही अफर आइएमई पे एपबाट खरिद गरिएको टिकटमा मात्र मान्य हुनेछ ।

झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।