काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाली जनताका बीचको सुदृढ राष्ट्रिय एकताबाट संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न र नेपाली भूमिबाट नयाँ विचारको विकास गर्न सम्भव रहेको बताएका छन् ।
‘जनताको संघर्ष र वीरतापूर्ण बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सम्पूर्ण उत्पीडित समुदायकाबीच सहिष्णुता र आपसी ऐक्यवद्धता अपरिहार्य छ’, अध्यक्ष प्रचण्डले भनेकाछन्, ‘नेपाली जनताका बीचको सुदृढ राष्ट्रिय एकताबाट संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न र नेपाली भूमिबाट नयाँ विचारको विकास गर्न सम्भव छ ।’
तमु ल्होछार पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र सांस्कृतिक विविधताले भरिएको देशमा नेपाली समाजको यहि विविधता विश्व समुदायका लागि एक सामाजिक सद्भावको प्रेरणादायी सन्देश भएको पनि बताएका छन् ।पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले देशका लागि भाषा, संस्कृति, भेषभूषा र संस्कार सभ्यताका आधार स्तम्भ भएकाले यिनको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व भएको बताएका छन् ।
तमु समुदायमा नयाँ वर्षको आगमनको खुशियालीमा विशेष उत्साह र उमङ्गका साथ मनाइने तमु ल्होछारले आफ्नै मौलिकता परम्परा र सांस्कृतिक महत्व राख्ने र यो समुदाय सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेको प्रचण्डको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ पुस २०७८, ०९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
६ महिनाभित्र नेकपाको महाधिवेशन गर्ने प्रचण्डको लक्ष्य