एजेन्सी । जोर्डनको संसदमा सांसदहरुबीच हात हालाहाल र कुटाकुट भएको छ । विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच संसदभित्रै कुटाकुट भएको हो । सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो ।
संसद भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरु एक अर्कालाई मुक्का हानेको तथा उपसभामुख भुइँमा ढलेको देखिन्छन् । उसभामुख ढलेपछि केही सांसदहरुले होहल्ला गरेका थिए ।
संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि साँसदहरुबीच चर्काचर्की भएको थियो । त्यसपछि ती सांसदलाई आफ्नो भनाई फिर्ता लिन र क्षमा माग्न विपक्षी सांसदहरुले माग गरेका थिए । ‘संसदमा सांसदहरुबीच भएको झगडा र कुटाकुटले संसदको गरिमा घटेको छ,’ संसदा सदस्य खालिल आतियहले भने ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १४ पुस २०७८, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित
संसदको अर्थ समितिको बैठक स्थगित
मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा टेबुल हुँदै
मिडिया काउन्सिल विधेयक पारित गर्ने संसद्को कार्यसूची
संसदको हिउँदे अधिवेन शुरु, प्रतिनिधिसभामा शीर्ष नेताको सम्बोधन
संसद अधिवेशनको तयारी तीव्र, कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै