ओली माओवादी महाधिवेशनमा सहभागी नहुने

सफल खबर संवाददाता

आइतबार, ११ पुस २०७८, ११ : २४
ओली माओवादी महाधिवेशनमा सहभागी नहुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । 

आइतबार बिहान बसेको माओवादीको बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई आठौँ महाधिवेशनमा रुपान्तरण गरेपछि विभिन्न राजनीतिक दलका शीर्षनेताहरूले शुभकामना दिन आमन्त्रण गरिएको छ । 

आइतबार अपरान्ह ३ बजे उद्घाटन हुने माओवादीको आठौं महाधिवेशनमा ओली सहभागी नहुने भएका हुन् । उ-नी पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन शनिबार गृहजिल्ला झापा पुगेका छन् । ‘माओवादीको महाधिवेशनमा अध्यक्षज्यू सहभागी हुनहुन्न,’ ओलीका प्रेस सहयोगी रामशरण बजगाईंले भने । 

उनका अनुसार अखिलको सचिवालय बैठकदेखि स्वास्थ्य शिविरसम्म ओली सहभागी हुने कार्यक्रम छ । शनिबार झापा गएका ओलीले सोमबार वा मंगलबार मात्र काठमाडौं फर्कने बजगाईंले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस