वामदेवले नयाँ पार्टी खोल्दै

पत्रपत्रिकाबाट

आइतबार, ११ पुस २०७८, ०८ : २४
वामदेवले नयाँ पार्टी खोल्दै

काठमाडौं । विभाजित  नेपालका  कम्युनिस्ट  समूहबीच  सधैँ  कार्यगत  एकताका  पक्षधर  वामदेव  गौतम  यतिबेला स्वयं एक्लिएका छन् । राष्ट्रिय राजनीतिमा सधैँ चर्चामा रहिरहने नेता वामदेव केही समयदेखि सार्वजनिक रूपमा देखिएका छैनन् ।  

राष्ट्रिय  सभाको  बैठकमा  उपस्थित  भए  पनि  पछिल्लो  समय  त्यहाँ  पनि  उनले  केही  बोलेका छैनन् ।  नेपालको  कम्युनिस्ट   आन्दोलनमा   छ   दशक   बिताइसकेका वामदेवले राजनीतिबाट सन्न्यास लिन लागेको हो त ? यो सम्भव लाग्ने प्रश्न पनि होइन। त्यसो भए के गर्दै छन् त, वामदेव ?

वामदेवलाई  लामो  समयदेखि  राजनीतिमा  साथ  दिँदै  आएका डीबी कार्कीका अनुसार उनी निष्क्रिय छैनन् बरु  पुराना  दस्तावेजको  अध्ययन,  पुनरावलोकन,  नयाँ  दस्तावेज  लेखन  तथा  सम्पादन  र  सार्वजनिक  जीवनका  विशिष्ट   व्यक्तिहरूसँग   भेटघाट   बढाइरहेका छन् । 

सम्भवतः माघसम्ममा कम्युनिस्ट कार्यदिशा तर गैरकम्युनिस्ट नामको  ‘लोकतान्त्रिक  शक्ति  नेपाल’  दललाई  जन्म  दिने  प्रयत्नमा  उनी सक्रिय  छन् ।  नेपालमा  कम्युनिस्ट  शक्तिहरूलाई  एकताबद्ध  पार्ने  प्रयास  असफल  भएपछि  वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिलाई एकजुट बनाएर समाजवादको दीर्घकालीन यात्रा थाल्न ‘लोकतान्त्रिक शक्ति’ निर्माणमा वामदेव लागेको धारणा नेता कार्कीको छ, गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस