कोरोना अपडेट: थप १६७ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १० पुस २०७८, १६ : २२
कोरोना अपडेट: थप १६७ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४२८३ र एन्टिजेन विधिबाट २१६४ जनामा परिक्षण गर्दा १६७ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २७ हजार ५८ र एन्टिजेनबाट ९६ हजार १२५ जना पुगेको छ ।  

यस्तै, आज थप २२६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १० हजार ४९७ जना पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५८३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४९७८ रहेको छ ।