काठमाडौं । प्रथम राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा नेकपा माओवादी केन्द्रले एकै दिन दुई वटा स्थायी समिति बैठक आव्हान गरेको छ । ११ पुसदेखि सुररू हुने राष्ट्रिय सम्मेलन उद्घाटन हुनु एक दिनअघि दिउँसो नै दुई पटक स्थायी कमिटी बैठक बोलाएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार अपरान्ह १ बजे र दिउँसो ४ बजे स्थायी कमिटी बैठक बस्नेछ । उनका अनुसार स्वनाम साथीको स्मृति सभालाई सम्बोधन गर्न लागेका प्रचण्डले पत्रकारहरूसँग अन्तरक्रिया पनि गर्नेछन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० प्रतिशत प्रतिनिधि छनौट गर्ने अधिकार प्राप्त गरेका छन् । महाधिवेसनअघि बसेको स्थायी समिति बैठकमार्फत अध्यक्ष प्रचण्डले कुल एक हजार चार सय ८३ राष्ट्रिय सम्मेलन प्रतिनिधिको १० प्रतिशत छनौट गर्ने अधिकार प्राप्त गरेका हुन् ।
प्रवक्ता कृष्णबहादुर महराका अनुसार प्रचण्डले विभिन्न पार्टीबाट प्रवेश गरेकासहित एक सय ४८ प्रतिनिधिलाई राष्ट्रिय सम्मेलन प्रतिनिधिका रुपमा मनोनयन गर्नेछन् । माओवादीको प्रथम राष्ट्रिय सम्मेलन ११ पुसमा प्रज्ञा भवन काठमाडौंमा उद्घाटन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० पुस २०७८, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने