एजेन्सी । मलेसियामा भारी मौसमी बाढीबाट मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ भने आठ जना अझै बेपत्ता छन्। यसअघि बाढीमा २७ जनाको मृत्यु भएको बताइएको थियो। हाल बाढीमा परी मृत्यु हुनेमा २६ पुरुष, १३ महिला र दुई बालबालिका रहेका छन्।
‘४१ जनाको मृत्युमध्ये २५ जना सेलाङ्गोरमा, १५ जना पहाङमा र एक जना केलान्तानमा रहेका छन्’, प्रहरी महानिरीक्षक तान श्री एक्रिल सानी अब्दुल्लाह सानीले जानकारी दिएका छन्।
मलेसियाको मौसम विभागले शनिबार पहाङ, तेरेङ्गानु र केलान्तानका तटीय राज्यहरूमा भारी वर्षा र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ।
मलेसियामा वर्षायाममा बाढी आउनु सामान्य कुरा हो तर डिसेम्बर १७ मा देशको पूर्वी क्षेत्रमा परेको मुसलधारे पानी डिसेम्बर १९ सम्म जारी रहेपछि यसले विनाशकारी रूप लिएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १० पुस २०७८, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग
श्रीलंकामा भीषण बाढी–पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित
आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च
बाढी पूर्वानुमान: मुख्य नदीहरुमा पानीको सतह बढ्ने, स-साना नदीमा आकस्मिक बाढीको जोखिम