एएफसी कप छनौट : मनाङ र मछिन्द्रको महाभिडन्त

सफल खबर संवाददाता

शनिबार, १० पुस २०७८, ०९ : ४०
एएफसी कप छनौट : मनाङ र मछिन्द्रको महाभिडन्त

काठमाडौं । अघिल्ला सिजनमा सहिद स्मारक ‘ए’ डिभिजन लिगको विजेता टोली सीधै एएफसीको प्रतियोगितामा छनोट हुने परम्परा थियो । यस पटक लिग जारी रहँदा एएफसी क्लब लाइसेन्स हुने टोली सातौँ चरणमा शीर्ष स्थानमा रहँदा एएफसी प्रतियोगितामा छनोट हुने पक्का छ ।

हाल नेपालमा मछिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबसँग एएफसी लाइसेन्स रहेको छ । विभागीय टोली आर्मी र एपीएफले एएफसी छनोटबाट हात झिकिसकेका छन् । अब  एएफसी कपमा छनोट हुन मछिन्द्र र मनाङबीच महाभिडन्त हुँदैछ । अन्य १० टोली शीर्ष स्थानमा भए पनि लाइसेन्स नहुँदा लिग च्याम्पियन हैसियतमा एएफसीको प्रतियोगितामा सहभागिता जनाउन पाउदैनन् । 

जारी लिगमा मछिन्द्रलाई २ अंकले पछि पार्दै मनाङ शीर्ष स्थानमा छ । तथ्यांक बताउँछ मनाङलाई शनिबार हुने खेलमा त्यति दबाब हुने छैन । दशरथ रंगशालामा दुई खेल हुनेछ । साँझ हुने पौने ५ बजेको दोस्रो खेलमा भिड्दैछन मनाङ र मछिन्द्र । दुबै टोलीको लक्ष्य खेल जित्दै तीन अंक जोड्ने हुनेछ । 

आजको जितले मनाङ शीर्षस्थानमा रहदै एएफसी कपमा छनोट हुनेछ । यदि मछिन्द्रले जिते सातौ चरणको खेलले छनोट पुग्ने टोलीको निर्णय गर्नेछ । आज नै १ बजे हुने खेलमा  हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन ५ खेलमा ५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।  च्यासल ५ खेलमा ४ अंक जोडेर १३औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस