जाजरकोट । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले सडकको अस्थायी ट्याक खोल्न हेलिकोप्टरमार्फत् डोजर ढुवानी गरेकाे छ । अप्ठ्यारो भुगोलका कारण सडक निर्माणका लागि डोजर हेलिकोप्टरबाट ढुवानी गरिएकाे मेयर गोरखबहादुर केसीले जानकारी दिए ।
आठबीसकोट-३ मा रहेको डोजरलाई हेलिकोप्टरबाठ ढुवानी गरेर वडा नम्बर १ मा लगिएकाे हाे । श्रमिक प्रयाेग गरेर सडक खन्न सम्भव नभएपछि डोजरको प्रयोग गर्नुपरेको उनले बताए । आठबीसकाेट-३ खदीसम्म सडकको अस्थायी ट्याक खुलेको छ ।
तर, वडा नम्बर १ को उमाखोला, सिस्ने हिमालको काखमा रहेका चैतेखारा, फिलिगे, रोकाजा र ओग्लेमा सडक खन्न डोजरको सहायता लिनु परेको हो । सिस्ने हिमालको काखमा रहेकाले त्यहाँ अत्यधिक चिसाे हुने गर्छ । वडा नम्बर २ को स्यालामा सडक निर्माण गर्दा झारमारे लेकबाट सामग्री ढुवानी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ पुस २०७८, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर
सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरुद्धको रिटमा कारण देखाउ आदेश
तीनकुनेस्थित गैरीगाउँको सुकुम्वासी बस्तीमा पनि चल्यो डोजर
देवीनगरका अतिक्रमित संरचनामा काठमाडौं महानगरको डोजर