काठमाडौँमा फोहोर फ्याँक्न फेरि अवरोध

सफल खबर संवाददाता

बुधबार, ०७ पुस २०७८, ०७ : २९
काठमाडौँमा फोहोर फ्याँक्न फेरि अवरोध

काठमाडौं । आठ वर्षदेखि बाटो नबनाएको झोंकमा बाटो बन्द गरेपछि उपत्यकाको फोहोर बाटोमै थुप्रिएको छ । पासाङ ल्हामु राजमार्गको बालाजु–तीनपिप्ले खण्डको बाटो तत्काल पिच हुनुपर्ने माग गर्दै स्थानीयले बाटो बन्द गराएका छन् ।

बाटो बन्द भएपछि विगत ९ दिनदेखि उपत्यकाको फोहोर सिसडोल ल्यान्डफिल साइटमा व्यवस्थापन हुन सकेको छैन । ‘मंसिर २७ गतेदेखि लगातार अवरोध भएपछि फोहोर व्यवस्थापन गर्न सकेका छैनौं ।’ कामपा वातावरण व्यवस्थापन विभाग कर्मचारी व्यवस्थापन महाशाखाका प्रमुख सरिता राईले भइन् ।