कान्छी पत्नीसँग दुबईका शासकको महँगो सम्बन्धबिच्छेद : ८० अर्ब रुपैयाँ दिनु पर्ने

सफल खबर संवाददाता

मंगलबार, ०६ पुस २०७८, २१ : ०४
कान्छी पत्नीसँग दुबईका शासकको महँगो सम्बन्धबिच्छेद : ८० अर्ब रुपैयाँ दिनु पर्ने

तस्बिर : रोयटर्स

एजेन्सी । दुबईका अर्बपति शासक शेख मोहम्मद बिन राशिद अल मकतुम र उनकी पूर्व पत्नी प्रिन्सेस हया बिन्त अल हुसेनबीच सम्बन्ध विच्छेदका लागि अनुमति प्राप्त भएको छ । तर यस अनुमतिमा दुबईका शासक मकतुमले रेकर्ड ५० करोड पाउण्ड अर्थात करिब ८० अर्ब रुपैयाँ भन्दा धेरै रकम पूर्व पत्नीलाई दिनुपर्ने भएको छ । 

यसलाई बेलायती कानुनी इतिहासमा तलाक(सम्बन्धविच्छेद)को सबैभन्दा ठूलो घटना रुपमा लिइएको बीबीसीले जनाएको छ । बेलायती हाई कोर्टले प्रिन्सेस हया बिन्त अल हुसेनलाई २५ करोड १५ लाख पाउण्ड दिनुपर्ने फैसला सुनाएको थियो । हया जोर्डनका पूर्व शासक हुसेनकी छोरी हुन् । उनी अहिले ४७ वर्षकी छन् । 

शेख मोहम्मद बिन राशिद अल मकतुम संयुक्त अरब इमिरेट (यूएई) का प्रधानमन्त्री हुन् । उनले ६ वटा विहे गरेका थिए । हया उनकी कान्छी श्रीमती थिइन् । 

बेलायती अदालतले प्रिन्सेस हायालाई दिइने रकमले दुई सम्पन्तको हेरचाह, सुरक्षा बजेट, बिदा, एक नर्स, कामदारको ज्याला र उनको बस्ने खर्च, परिवारका लागि गाडी र पाल्तु जनावरको लागि गरिने खर्च हुने जनाइएको छ । 

फैसलामा दुई बालबालिकालाई ५६ लाख पाउण्ड वार्षिक रुपमा दिन भनिएको छ । दुई मध्ये १४ वर्षकी एक छोर र एक ९ वर्षका छोरा छन् । उनले २९ करोड पाउण्डको ग्यारेन्टि पनि दिनु छ । हाया आफ्ना छोराछोरीका साथ २०१९ मा दुबईबाट भागर बेलायत पुगेकी थिइन् । उनले पतिबाट आफ्नो ज्यानमा खतरा भएको बताउकी थिइन् । 

प्रतिक्रिया दिनुहोस