एजेन्सी । जापानले मङ्गलबार मृत्युदण्डको सजाय पाएका तीन जना व्यक्तिलाई मृत्युदण्ड दिएको छ । यो नै नवनिर्वाचित प्रधानमन्त्री फुमियो किशिदाको सरकारले लिएको मृत्युदण्डको पहिलो सजाय भएको क्योडो समाचार एजेन्सीले जनाएको छ।
ती व्यक्तिहरूमा सन् २००४ मा ह्योगो प्रिफेक्चरमा आफ्ना सात आफन्तको हत्या गर्ने ६५ वर्षीय यासुताका फुजिशिरो र सन् २००३ मा गुन्मा प्रिफेक्चरमा पचिन्को पार्लरका दुई कर्मचारीको हत्या गरेको अभियोगमा दोषी ठहर भएका ५४ वर्षीय टोमोआकी ताकानेजावा र ४४ वर्षीय मित्सुनोरी ओनोगावा रहेका छन् ।
यस अघि जापानमा अन्तिम मृत्युदण्ड डिसेम्बर २६, २०१९ मा भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०६ पुस २०७८, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानका प्रधानमन्त्री इशिबाले दिए राजीनामा
५ वर्षलाई नवीकरण भयो जापानमा कामदार पठाउने समझदारी
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा
जापानका राजदूतद्वारा गहवामाईको दर्शन
जापानमा बर्डफ्लूको प्रकोप, ५० हजार कुखुरा नष्ट !
जापानमा आगलागीमा परेर आठ जनाको मृत्यु