चलचित्र ‘हैरान’को ‘हिरो’ बोलको गीत सार्वजनिक

सोमबार, १७ बैशाख २०७५, १८ : ३१

काठमाडौं । विश्वकै कान्छा निर्देशक सौगात बिष्टको निर्देशन रहेको चलचित्र ‘हैरान’को ‘हिरो’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा चलचित्रका गजित विष्ट, निश्मा घिमिरे, बुद्धि तामाङ, सगर लम्साल र पुस्कर रेग्मीको अभिनय देख्न सकिन्छ ।
गीतमा संगीत र स्वर राजन इशानको रहेको छ भने अभिनेता गम्भीर विष्टले यसलाई लेखेका हुन् । चलचित्रको कथा अनुसार गीत तयार गरिको अभिनेता गजितले बताए ।
४ जेठबाट प्रदर्शनमा आउने चलचित्र ‘हैरान’मा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस