काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले संविधान र ऐनअनुसार काम गरेको भए केपी ओलीको अवस्था नाजुक बन्ने टिप्पणी गरेका छन् । ओलीको राजनीति जोगाउनका लागि ठूलो डिजाइन र षडयन्त्र भएको उनले बताए ।
पुस ५ का सन्दर्भमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘यदि निर्वाचन आयोगले कानूनअनुसार निर्णय लिएको भए केपी ओली पार्टीविहीन, चुनावचिन्हविहीन एउटा बबुरो नेता बन्नुहुने थियो । उहाँले अर्को पार्टी दर्ता गरेर चुनाव चिन्ह पनि अर्कै बनाइसक्नुभएको थियो । एउटा सेटिङअन्तर्गत उहाँलाई बचाइयो ।’
प्रचण्डले ओली आज पनि प्रतिगमनकै बाटोमा रहेको बताए । माधव नेपाल गएको ठाउँमा केपी ओली नजानुलाई अलोकतान्त्रिक संस्कार भन्दै उनले आलोचना गरे ।प्रचण्डले भने, ‘माधवजी देखिएपछि त्यहाँ केपी ओली उपस्थित नहुने रे । कांग्रेस महाधिवेशनमा पनि आउनुहुन्न कि भनेको धन्न त्यहाँ चाहिँ आउनुभयो । निर्वाचन आयोगले, संसदले सबैले स्वीकारेर सरकारमा समेत सहभागी भएको पार्टीलाई मान्यता नदिनु कहाँसम्मको लोकतान्त्रविरोधि चरित्र हो ?’
अहिले गठबन्धन टुट्छ भने नेपाली कांग्रेसलाई एकलौटी सरकार चलाउन दिने प्रस्ताव ओलीले राखेको भन्दै प्रचण्डले आलोचना गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ पुस २०७८, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’