काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा तत्कालीन लोकतान्त्रिक फोरमबाट आएका नेताहरु कोही पराजित भएका छन् कोही विजयी भएका छन् ।
उपसभापतिमा विजय गच्छदार २ मतले पराजित हुँदा गच्छदार निकट गणेश लामा खुला तर्फ केन्द्रीय सदस्यमा विजय भएका छन् । ९९ जनामध्ये लामा ६४ जनालाई उछिन्दै ३५ जनाको कोटाभित्र पर्न सफल भएका छन् ।
फोरमबाट आएका दुबैको सार्वजनिक छवि भने राम्रो छैन । गच्छदार बालुवाटार जग्गा अनियमितता प्रकणमा मुछिएका छन् भने लामा गुण्डा नाइकेका रुपमा परिचित छन् । राजनीतिमा आएको धेरै भए पनि लामालाई अझै पनि धेरैले पुरानै परिचय गुण्डा नाइके भनेर चिन्छन् । जे होस् फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार हारे पनि सो पार्टीका केन्द्रीय सदस्य लामालाई कांग्रेस प्रतिनिधिले पनि केन्द्रीय समितिमा राम्रै मत दिएर राजनीतिज्ञका रुपमा अनुमोदन गरेका छन् ।
त्यसो त कांग्रेसले लामालाई यसअघि प्रदेशसभा निर्वाचनमा काभ्रे क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएको थियो । तर पराजित भए । संसदीय राजनीतिक प्रतिस्पर्धामा सुरुमै पराजय भोगेका लामाले पार्टीभित्रको प्रतिस्पर्धामा भने सफलता हात पारेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ पुस २०७८, २० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै
काँग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै भेला सुरु
काँग्रेस केन्द्रीय समिति बैठक आज अन्तिम समयमा आएर स्थगित
कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनबारे छलफल
कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको भेला सर्यो
सभापतिले दिएको जिम्मेवारी अनुसार अधिवेशनको वातावरण बनाउन खड्कालाई महामन्त्रीद्वयको आग्रह