काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई लोकतान्त्रिक चरित्र देखाउन अन्य राजनीतिक दलहरुले सुझाव दिएका छन्।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलहरुले लामो समयदेखि एमालेले संसद अवरोध गरेर अलोकतान्त्रिक चरित्र देखाएको बताएका थिए।
बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जनताको आवाज उठाउने थलो लामो समयदेखि अवरुद्ध हुनु लोकतन्त्रको मान्यता विपरित भएको बताए। बैठकमा विभिन्न दलका नेताहरुको भनाई उदृत गर्दै उनले ‘एमालेलाई संसद अवरोध खुलाउन र लोकतान्त्रिक चरित्र देखाउन सुझाव दिइएको’ बताए।
प्रमुख प्रतिपक्षी दल एमालेले लामो समयदेखि प्रतिनिधि सभा बैठक अवरोध गर्दै आइरहेको छ। आइतबार संसदको अवरोध खुलाउने तथा एमसीसी संसदमा प्रस्तुत गर्नेबारे सर्वदलीय बैठकमा छलफल भएको थियो। बैठकमा एमाले भने सहभागी भएन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ पुस २०७८, १९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा नियमावली नयाँ बनाउने सर्वदलीय बैठकको निर्णय
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
सभामुखको निर्वाचन २२ चैतमा
संसद् सचिवालयमा सर्वदलीय बैठक जारी
सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने
मधेश प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक सात दलीय गठबन्धनद्वारा बहिष्कार