प्रसिद्ध उपन्यास ‘एक चिहान’ को मञ्चन

सफल खबर संवाददाता

शनिबार, ०३ पुस २०७८, १४ : ४९
प्रसिद्ध उपन्यास ‘एक चिहान’ को मञ्चन

काठमाडौं । कक्षा १२ को पाठ्यक्रममा समावेश गरिएको प्रसिद्ध उपन्यास ‘एक चिहान’ देखाउन थालिएको छ । साँस्कृतिक संस्थानले विभिन्न तहका पाठ्यक्रममा समावेश भएको कृतिहरूलाई नाटक मञ्चन गरेर विद्यालय शिक्षालाई फरक ढंगले सहयोग गर्न सो उपन्यासलाई नाट्यमा रुपान्तरण गरी मञ्चन गरिएको हो ।

काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबारबाट सो नाटकको मञ्चन सुरु गरिएको छ । वरिष्ठ साहित्यकार हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित उपन्यास तत्कालीन समयमा नेपाल खाल्डो अर्थात् काठमाडौं उपत्यकाको नेवारी किसानको जीवन परिवेशमा आधारित छ । सामाजिक जागरण र प्रगतिशील विचारहरु यस उपन्यासमा रहेका छन । साँस्कृतिक संस्थानका वरिष्ठ कलाकारहरुको अभिनय रहेको नाटकलाई कलाकार वीरेन्द्र हमालले निर्देशन गरेका छन् ।

२०१०/११ सालको काठमाडौं उपत्यका भित्रका नेवार किसान परिवारमा केन्द्रित रहेको सो नाटकमा जातीय विभेद, वर्गीय विभेद, अन्धविश्वासबारे देखाइएको छ । नाटकको अन्त्यमा त्यही समाज आर्दश उन्मुख रहेको देखाइएको छ । अन्त्य दुःखान्त भएपनि विचारले समाज सुधार र रुपान्तरणमा भूमिका खेल्न सक्छ भन्ने सन्देश यस नाटकमा देखाउन खोजिएको छ । 

प्रतिक्रिया दिनुहोस