सप्तरी । सप्तरीमा प्रहरीले अबैध गाँजा फडानी गर्ने अभियान सुरु गरेको एक महिनाको अवधिमा ५ हजारभन्दा बढी गाजाको बोट फडानी गरेर नष्ट गरेको छ । मंसिर १ गते सुरु भएको अभियान २९ गतेसम्म चलेको हो ।
अवैध गाँजा फडानी अभियान तीव्र पारेपछि एक महिनामा धेरै संख्यामा गाजाको बोट फडानी गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्ले जानकारी दिएका छन् ।
जिल्ला प्रहरीको मातहतका ईलाका प्रहरी कार्यालयबाट खटिएका टोलीले ५ हजार ३४ बोट गाँजा फडानी गरी नष्ट गरेको काफ्लेको भनाइ छ । लागूऔषध प्रयोगकर्ता बढ्दै गएको भनि जनगुनासो बढदै गएपछि गाँजाको बोट नष्ट गर्ने अभियान संचालन गरिएको हो ।
सप्तरीमा व्यवसायिक रुपमा गाँजा खेती नगरिए पनि लुकिछिपी करेसा बारीमा ठूलो संख्यामा गाँजाको बोट लगाएको भेटिएको प्रवक्ता काफ्लेको भनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ पुस २०७८, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ