काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको आवाज बोल्ने पार्टी माओवादी नै भएको बताएका छन् ।
प्रतिगमनविरुद्धको आन्दोलनमा पार्टीको भूमिका, परिवर्तनका सवालमा अडान र समानुपातिक समावेशिताका सवालमा प्रष्ट नीतिका कारण जनताको एजेण्डा उठाउने पार्टी माओवादी नै हो भन्ने सन्देश प्रवाह भएको उनको भनाइ छ ।
शुक्रबार पार्टी निकट नेपाली जनप्रगतिशील मञ्चको अन्तर्राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले देशभित्र र बाहिरसमेत एजेण्डाप्रति माओवादी नै इमान्दार रहेको सन्देश गएको बताए । उनले राष्ट्रिय सम्मेलनबाट पार्टीलाई थप सशक्त बनाएर अघि बढाउन स्पष्ट कार्यदिशासहितको नीति र कार्यक्रम लिएर जाने बताए ।
‘अहिले देशभर विभिन्नस्तरका सम्मेलन भएका छन् । हामी राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा छौँ । संगठन सुदृद्धिकरणको अभियान विदेशमा पनि चलाउनु भएको छ’, प्रचण्डले भने, ‘नेपालको समाजवादी क्रान्तिलाई अघि बढाउने क्रममा विचारको विकास गर्ने, विकासको मोडल कस्तो बनाउने भन्ने जस्ता सन्दर्भमा नयाँ कार्यक्रम र योजना विकास गर्नुछ ।’ उनले पार्टीले समानुपातिक समावेशिताको सन्दर्भमा गरेको निर्णयले पार्टी र जनतामा नयाँ उत्साह पैदा भएको पनि बताए । उनले पार्टीलाई चुस्त, विचारमा स्पष्ट, जनसम्बन्धमा आधारित बनाउन लागिपर्ने पनि सो क्रममा बताए ।
देशमा प्रतिक्रियावादी र परिवर्तनकारी शक्ति रहेको उल्लेख गर्दै प्रचण्डले प्रतिक्रियावादी शक्तिलाई परास्त गर्न परिवर्तनकारी शक्तिहरु एकठाउँमा हुनुपर्नेमा पनि जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ पुस २०७८, २० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनताबाट फ्याँकिएका मान्छेले चुनावबारे भ्रम छर्दैछन्: प्रचण्ड
‘प्रचण्ड’ र महावीरलाई मतदाताद्वारा ‘चुनाव खर्च’ सहयोग
निर्वाचन क्षेत्रमा प्रचण्डको १५० घण्टा
प्रचण्डको सिस्नेमा मर्निङ वाक : सहिदका प्रतिमामा माल्यार्पण र स्थानीयको घरमा खाजा
प्रचण्ड : ‘टुरिष्ट’ होइन, ‘कर्मभूमि’ का उम्मेदवार
चुनबाङ पुगेर प्रचण्डले भने- यही बसेर ढाडमा टेकेर टाउकोमा हान्ने नीति बनाइन्थ्यो