रुपन्देही । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबारे झुटो कुरा गरेर जनतामा भ्रम नफैलाउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । गणतन्त्र स्थापनाका लागि प्रचण्डको नेतृत्वमा राजतन्त्र विरोधमा आन्दोलन गरिएको उल्लेख गर्दै पौडेलले झुटो प्रचार नगर्न आग्रह गरेका हुन् ।
भैरहवामा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले पूर्व राजा ज्ञानेन्द्रसंग प्रचण्डले पाँच बुँदे सहमति गरेको भन्दै ओलीले झुटो बोलेको आरोप लगाएका हुन् । मन्त्री पौडेलले एमालेको विचार, राजनीतिलाई सम्मान गर्ने भन्दै पार्टीप्रति पूर्वाग्रह नराखिने बताए । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहनुभएका नेता पौडेलले निकट भविष्यमा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने दावी गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ पुस २०७८, २० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
६ महिनाभित्र नेकपाको महाधिवेशन गर्ने प्रचण्डको लक्ष्य