सहमहामन्त्रीमा देउवा प्यानलका उमाकान्तकाे अग्रता, तेजुलाल पछिपछि

सफल खबर संवाददाता

शुक्रबार, ०२ पुस २०७८, १४ : ४०
सहमहामन्त्रीमा देउवा प्यानलका उमाकान्तकाे अग्रता, तेजुलाल पछिपछि

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सहमहामन्त्रीमा उमाकान्त चौधरीले अग्रता लिएका छन् । 

काँग्रेस पार्टी कार्यालय सानेपामा जारी मत गणनामा थारू तर्फका सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलका उमाकान्तले शेखर कोइराला प्यानलका उम्मेदवार तेलुलाल चौधरीलाई पछि पारेका हुन् । एक हजार ७७७ मत गणनामा उमाकान्तले ९८३ मत पाउँदा तेजुलाल ले ७६९ मत पाएका छन्। 

कांग्रेसका महामन्त्री पदको आठ क्लष्टरमध्ये तीनको बिहिबार मत परिणाम आइसकेकाले आज बाँकी पाँच क्लस्टरको मतगणना भइरहेको हो । कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ । महिला, दलित र आदिवासी जनजाति क्लष्टरको सहमहामन्त्री पदको मत परिणाम अनुसार महिलातर्फ सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, दलिततर्फ सहमहामन्त्री जीवन परियार र आदिवासी जनजाति सहमहामन्त्रीमा भीष्मराज आङ्दाम्बे निर्वाचित भइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस