कांग्रेस महाधिवेशन : पाँच सहमहामन्त्रीको मतगणना आज

सफल खबर संवाददाता

शुक्रबार, ०२ पुस २०७८, ०९ : १३
कांग्रेस महाधिवेशन : पाँच सहमहामन्त्रीको मतगणना आज

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको आठ सहमहामन्त्री पदको निर्वाचनमध्ये पाँच पदको मतगणना आझ सुरु हुने भएको छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरीणाम बिहीबार राति घोषणा भइसकेको छ । 

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना हुन लागेको हो । मधेसी समूहको सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महेन्द्र यादव, शेखर कोइराला समूहबाट रामकृष्ण यादव र विमलेन्द्र निधि समूहबाट रामकृष्ण यादव प्रतिस्पर्धामा  छन्। 

खसआर्य समूहको सहमहामन्त्रीमा देउवा समूहबाट किशोरसिंह राठौर, कोइराला समूहबाट देवराज चालिसे उम्मेदवार छन् भने थारु कलस्टरमा देउवा समूहबाट उमाकान्त चौधरी र कोइराला समूहबाट तेजुलाल चौधरी उम्मेदवार छन्।

मुस्लिम कलस्टरको सहमहामन्त्रीमा देउवा पक्षबाट फरमुल्लाह मन्सुर र कोइराला तथा निधि पक्षबाट शेख वकिल उम्मेदवार छन्।  पिछडिएको क्षेत्र कलस्टरको सहमहामन्त्रीमा देउवा समूहबाट जीवनबहादुर शाही, कोइराला समूहबाट बद्री पाण्डे र निधि समूहबाट चेतराज बराल उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस