काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगनकुमार थापाले आगामी दिनमा पार्टीलाई एकतावद्ध र सुदृढ बनाएर अघि बढाउने बताएका छन्। पार्टीको महामन्त्रीमा निर्वाचित भएसँगै बिहीबार पार्टी केन्द्रीय कार्यालयमा संक्षिप्त रुपमा बोल्दै महामन्त्री थापाले अधिवेशनमा प्रतिस्पर्धाका क्रममा आफ्नै साथीहरुका विचमा बढेको दुरीलाई कम गर्दै पार्टीलाई एकतावद्ध र सुदृढ पार्टीको रुपमा अगाडी बढाउने बताएका हुन्।
उनले पार्टीमा नजोडिएकाहरुलाई पार्टीमा जोड्न प्रेरित गर्ने बताए। महामन्त्री थापाले पार्टीका पदाधिकारीहरु मिलेर पार्टी सभापतिलाई बल पुर्याएर र घच्घचाएर सही ठाउँमा उभ्याउने पनि बताए।उनले आफूसँग एकदिन पनि चुक्ने सुविधा नरहेको उल्लेख गर्दै पाएको जिम्मेवारी इमान्दारितापूर्वक र परिपक्व ढंगले निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे।
‘पार्टीको राजनीतिक कार्यदिशा, नेपाली कांग्रेस कुनै पनि अलमलमा नरहीकन यसको राजनीतिक बाटो, राजनीतिक लाइन दिनेकाम महामन्त्रीको हो। त्यसबाट लिखित प्रस्ताव मैले लिएर आएको छु। त्यसकै आधारमा पार्टीलाई अगाडी बढाउने कोसिस गर्छु,’ उनले भने, ‘जो पदाधिकारी साथीहरु छौँ, हामीहरुले मिलेर सभापतिजीलाई हामीले बल पनि पुर्याउने हो। वडादेखि माथिसम्म आउँदै गर्दा हामीले निर्वाचन गरेको हुनाले कतिपय ठाउँमा घाउ लागेको छ। एकअर्का साथीहरुमाथि नै हामीले आफू नै बिचको प्रतिस्पर्धामा चोट लागेको छ।
हाम्रो जिम्मेवारी भनेको साथीहरुको दुरीलाई कम गर्ने, साथीहरुको घाउलाई कम गर्ने, अधिवेशनमा आएका कतिपय तिक्ततालाई बिर्सने, पार्टीलाई एकतावद्ध बनाउने, सुदृढ बनाउने, पार्टीमा नजोडिएका साथीहरुलाई पार्टीमा जोड्नको लागि प्रेरित गर्ने। मलाई आज जुन अपार विश्वास र माया पार्टीको साथीहरुले दिनुभएको छ, मैले यो मतप्रति न्याय गर्नुपर्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ पुस २०७८, २१ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो’ : गगन थापा
'लोकतन्त्रको विकल्प, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो' : गगन थापा
सहमतिमा महाधिवेशनमा जानेगरी संवाद गरिरहेको छुः गगन थापा
‘प्रचण्ड’-गगन थापाबीच भेटवार्ता
‘पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै समग्र संगठनलाई एकताबद्ध बनाउने जिम्मेवारी वहन गर्छु’ : गगन थापा
पार्टी एकताबद्ध भएर अघि बढ्ने वातावरण बन्यो : गगन थापा