काँग्रेस सहमहामन्त्री पदको मतगणना सुरु हुँदै

सफल खबर संवाददाता

विहीबार, ०१ पुस २०७८, १६ : १७
काँग्रेस सहमहामन्त्री पदको मतगणना सुरु हुँदै

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत आजै सहमहामन्त्री पदको मतगणना सुरु गर्न लागिएको निर्वाचन आयोगका सदस्य एगराज पोखरेलले  जानकारी दिए । सहमहामन्त्री पदको महिला, जनजाती र दलिततर्फ मतगणना गर्न लागिएको हो । 

समितिले सभापति, उपसभापति र महामन्त्री पदको मतगणना सकेर नतिजा सार्वजनिक गरिसकेको छ । दलिततर्फ गंगा सुनार, जीवन परियार, मानबहादुर विश्वकर्मा, जनजातीतर्फ विकाश लामा, भीष्मराज आङ्देम्बे, महिलातर्फ कमला पन्त र महालक्ष्मी उपाध्याय ‘डिना’ उम्मेदवार रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस