भारतका प्रथम सीडीएस रावत सवार हेलिकप्टर दुर्घटना- एक्ला घाइते क्याप्टेन वरुणको पनि मृत्यु

एजेन्सी

बुधबार, २९ मंसिर २०७८, १३ : ५२
भारतका प्रथम सीडीएस रावत सवार हेलिकप्टर दुर्घटना- एक्ला घाइते क्याप्टेन वरुणको पनि मृत्यु

एजेन्सी । डिसेम्बर ८ मा हेलिकप्टर दुर्घटनामा घाइते भएका समूह क्याप्टेन वरुण सिंहको पनि बुधबार बिहान निधन भएको छ । शोक प्रकट गर्दै भारतीय वायुसेनाले यो जानकारी दिएको छ । यस दुर्घटनामा भारतका प्रथम सीडीएस जनरल विपिन रावत र उनकी श्रीमतीसहित १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

भारतीय वायुसेनाले ट्वीट गर्दै भनेको छ, ‘यो दुःखद खबर हो कि समूह क्याप्टेन वरुण सिंहको आज बिहान निधन भएको छ। उनी यही डिसेम्बर ८ मा हेलिकोप्टर दुर्घटनामा घाइते भएका थिए । भारतीय वायुसेना उहाँलाई श्रद्धांजलि अर्पण गर्दछ र यो कठिन समयमा उहाँको परिवारको साथ खडा छ।’

डिसेम्बर ८ मा बुधबार वायुसेनाको हेलिकप्टर दुर्घटना हुँदा देशका प्रथम चीफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत र उनकी श्रीमतीसहित कुल १४ जना सवार थिए। जसमध्ये १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो तर समूह क्याप्टेन वरुण सिंह जीवितै थिए ।

तर, वरुणको अवस्था पनि नाजुक थियो । १० डिसेम्बरमा उनलाई वेलिंग्टनको सैन्य अस्पतालबाट तमिलनाडुको बैंगलोरमा एयरलिफ्ट गरिएको थियो। बिहीबार वरुण सिंहलाई एम्बुलेन्समा कुन्नूरबाट कोइम्बटूर ल्याइएको थियो र त्यहाँबाट बेंगलुरुको कमाण्ड अस्पतालमा हेलिकप्टरबाट लगिएको थियो।

ग्रुप क्याप्टेन वरुण सिंहको निधनमा शोक व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा लेखेका छन्, ‘ग्रुप क्याप्टेन वरुण सिंहले राष्ट्रको गौरव, निडर र उत्कृष्ट पेशेवरको रूपमा सेवा गरे। उहाँको निधनले म गहिरो शोकमा छु । उहाँले देशका लागि गरेको काम कहिल्यै भुल्ने छैन । उहाँको परिवार र साथीहरूलाई मेरो समवेदना। ओम शान्ति।’

जनरल रावत वेलिंगटन डिएसएससी क्याडेटलाई सम्बोधन गर्न आउँदै थिए तर उनको हेलिकप्टर १० किलोमिटर अगाडि दुर्घटना भएको थियो।

वरुण सिंहले यस वर्ष अगस्टमा युद्धभूमि बाहेक भारतको तेस्रो सर्वोच्च वीरता पुरस्कार, शौर्य चक्र प्राप्त गरेका थिए । उनले यो अवार्ड अक्टोबर २०२० मा विङ कमाण्डरको रुपमा पाएका थिए । त्यसपछि उनको तैनाथी लाइट कम्ब्याट एयरक्राफ्टमा थियो।

अक्टोबर १२, २०२० मा वरुण लडाई अभ्यासका लागि तेजस विमान उडाउँदै थिए। त्यसपछि धेरै माथि गएपछि आपतकालीन अवस्था आयो । ककपिटमा एउटा मेसिन फेल भयो तर वरुण सिंहले अदम्य साहस र सीप देखाउँदै सुरक्षित अवतरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस