एजेन्सी । माल्टा व्यक्तिगत प्रयोगका लागि गाँजा लगाउन र बोक्न पाइने पहिलो युरोपेली मुलुक बनेको छ। माल्टाको संसदले मंगलबार गाँजासम्बन्धी नयाँ कानुन पारित गरेको छ।
नयाँ कानुनमा व्यक्तिगत प्रयोगका लागि ७ ग्रामसम्म गाँजा बोक्न पाइने र घरमा चार वटा बोट लगाउन पाइने व्यवस्था रहेको बिबिसीले उल्लेख गरेको छ।
संसदमा नयाँ कानुनका पक्षमा ३६ र विपक्षमा २७ मत परेको थियो। नयाँ कानुनले सार्वजनिक स्थल र १८ वर्षमूनिका केटाकेटीका सामू भने गाँजा तान्न प्रतिबन्ध लगाएको छ।
माल्टाका समानता मन्त्री ओएन बोनिसीले यो ऐतिहासिक कानुनले थोरै मात्रामा गाँजा बोक्नेहरूलाई कानुनी झमेला नहुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ मंसिर २०७८, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु