एजेन्सी । चीनमा पनि कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । झिजियाङ प्रान्तको उत्तरी बन्दरगाह सहर तियानजिनमा पहिलो पटक ओमिक्रोन देखिएको हो ।
यही ९ डिसेम्बरमा विदेशबाट आएका एक व्यक्तिमा नयाँ संक्रमण देखिएको त्यहाँकाे एक स्थानीय पत्रिकाले जनाएकाे छ ।संक्रमितको अहिले एक स्थानीय अस्पतालमा आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।
पछिल्लो पटक तियानजिन सहरमा कोभिड संक्रमितको उलेख्य संख्यामा बृद्धि भएकाे छ । मंगलबार मात्र तियानजिनमा ३७ जनामा कोभिड देखिएको थियो । यो सँगै साे सहरमा कोभिडबाट संक्रमित हुनेको संख्या १४४ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २८ मंसिर २०७८, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास
चीनले बनायो विश्वकै पहिलो सिक्स जी चिप