कोरोनाको खोपमा पनि घुस !

पत्रपत्रिकाबाट

मंगलबार, २८ मंसिर २०७८, ०८ : १३
कोरोनाको खोपमा पनि घुस !

काठमाडौं । सरकारले निःशुल्क रुपमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप लगाय दिएबापत घुस मागेको अभियोगमा दुई स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार महोत्तरी स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट अजयकुमार साहले हेल्थ असिस्टेन्टमा अध्ययनरत विद्यार्थी कृष्णाकुमार यादवलाई परिचालन गरी सेवाग्राहीसँग रु २० हजार घुस मागेका थिए ।
 
निःशुल्क रुपमा उपलब्ध हुने कोरोनाको खोप लगाउन घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टङ्गालबाट गएको टोलीले जनकपुर उपमहानगरपालिका–७ नयाँ बसपार्कबाट घुससहित पक्राउ गरेको हो । आरोपीद्वयको थप अनुसन्धान भइरहेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस