काठमाडौं । देशभर चिसो बढ्ने क्रममा रहेको छ । मौसम पूर्वानुमान महाशाखाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको छ। काठमाडौँको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस पुगेको छ । जुम्लाको सबैभन्दा कम माइनस ४.६ डिग्री सेल्सियस रहेको छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू(भागमा आंशिक बदली रहि देशका अन्य भू(भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।
मंगलबार लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। बुधबार भने प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। बिहीबार पनि प्रदेश नं १ तथा प्रदेश २ मा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ मंसिर २०७८, ०७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम
कस्तो रहला आज देशभरको मौसम ?