चितवन । भरतपुर महानगर-१६ मा गैंडा मृत फेला परेको छ । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार करिब १६ वर्षको भाले गैंडा मृत भेटिएको हो ।
सिद्धिगणेश सामुदायिक वनबाट करिब ५ सय मिटर परपर्ने विजयनगरको गणेश मन्दिर जानेबाटो छेउको जैघाँस भएको खेतमा मृत फेला परेको हो । ‘प्राविधिकको टोलीबाट पोष्टमार्टम गरिदैछ’, उनले भने, ‘मारिएको हो या कालगतीले मरेको भनेर रिपोर्ट पछिमात्रै थाहा हुन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ मंसिर २०७८, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैँडाको आक्रमण परि एक वृद्धको मृत्यु
गैँडाले आक्रमण गर्दा एकजना घाइते
सौराहामा हुर्काइएकी ‘पूजा’ लाई चिडियाखाना पठाइयो
आठ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा २० गैँडा मरे
गैँडाको आक्रमणपछि बेपत्ता महिलाको शव भेटियो
चितवनमा गैँडाको आक्रमण बढ्दो : दुई महिनामा ६ जनाले गुमाए ज्यान