हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

सोमबार, २७ मंसिर २०७८, १० : ४९
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकका अनुसार अमेरिकी डलर एकको अधिकतम खरिद दर १२० रुपैयाँ ९३ पैसा छ भने बिक्री दर १२१ रुपैयाँ ५३ पैसा पुगेको छ । 

युरोपियन युरो एकको खरिद दर १३६ रुपैयाँ ८१ पैसा र बिक्री दर १३७ रुपैयाँ ४९ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ५० पैसा र बिक्री दर १६१ रुपैयाँ २९ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ २९ पैसा र बिक्री दर १३१ रुपैयाँ ९४ पैसा छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७३ पैसा र बिक्री दर ८७ रुपैयाँ १६ पैसा  छ ।

क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ५३ पैसा कायम भएको छ । सोमबार जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ६७ पैसा र बिक्री दर १० रुपैयाँ ७२ पैसा छ । चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९८ पैसा र बिक्री दर १९ रुपैयाँ ८ पैसा रहेको बैंकले जनाएको छ । 

साउदी अरेबियन रियाल एकको खरिद दर ३२ रुपैयाँ २४ पैसा र बिक्री दर ३२ रुपैयाँ ४० पैसा छ भने कतारी रियाल एकको खरि दर ३३ रुपैयाँ १ पैसा र बिक्री दर ३३ रुपैयाँ १८ पैसा छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७१ पैसा र बिक्री दर २८ रुपैयाँ ८५ पैसा कायम भएको छ भने साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २४ पैसा छ भने बिक्री दर १० रुपैयाँ २९ पैसा कायम भएको राष्ट्र बैंकले जारी गरेको सूचीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस