कांग्रेस महाधिवेशन : उम्मेदवारी मनोनयनबाट ५८ लाख ९५ हजार आम्दानी

सफल खबर संवाददाता

शनिबार, २५ मंसिर २०७८, १८ : २६
कांग्रेस महाधिवेशन : उम्मेदवारी मनोनयनबाट ५८ लाख ९५ हजार आम्दानी

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले जारी १४औँ महाधिवेशनमा उम्मेदवारी मनोनयनबाट मात्र ५८ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ । 
१३४ केन्द्रीय कार्यसमितिका लागि भएको मनोनयन दर्ताबाट निर्वाचन समितिले यो शुल्क उठाएको हो । समितिले सभापतिका लागि ३० हजार, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि १५ हजार र केन्द्रीय सदस्यका लागि १० हजार मनोनयन दर्ता शुल्क तोकेको थियो । 
निर्वाचन समितिले सभापतिका ६ जना उम्मेदवारबाट मात्र एक लाख ८० हजार शुल्क उठाएको छ । त्यसैगरी, उपसभापतिका सात जना प्रत्यासीबाट एक लाख ७५ हजार र ६ जना महामन्त्रीका उम्मेदवारबाट एक लाख ५० हजार शुल्क उठाएको छ । २० सहमहामन्त्रीको उम्मेदवारी दर्ताबाट तीन लाख उठाएको समितिले सदस्यबाट मात्र ५० लाख ९० हजार रुपैयाँ उठाएको छ ।  केन्द्रीय सदस्यका लागि ५०९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस