कांग्रेस सभापतिमा युवराज न्यौपानेले दिए उम्मेदवारी

सफल खबर संवाददाता

शनिबार, २५ मंसिर २०७८, १५ : १०
कांग्रेस सभापतिमा युवराज न्यौपानेले दिए उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गोरखाका युवराज न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् ।

न्यौपाने गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन । नेतृत्वमा युवाको सहभागिता हुनुपर्छ भन्ने आफ्नो मुद्दा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस